मेरो जन्मभूमि नेपाल हो । यो देश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता र ऐतिहासिक गौरवले भरिएको छ । संसारको सर्वोच्च शिखर सगरमाथा यही देशमा अवस्थित छ । जुन हाम्रो देशको गौरव हो । साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि यही पवित्र भूमिमा पर्छ । नेपाल चारैतिरबाट पहाड, तराई र हिमालले घेरिएको छ । यहाँका हरियाली वन, झरना, हिमाल, नदी र तालहरुले देशलाई स्वर्ग झै सुन्दर बनाएका छन् । यस्ता प्राकृतिक सम्पदाहरुले नेपालको सौन्दर्यलाई अझ बढाएका छन् र यो संसारका पर्यटकहरूको मन पर्ने गन्तव्य पनि बनेको छ ।
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जातजाति, धर्म, संस्कृतिका मानिसहरु आपसी सद्भाव र सहकार्यका साथ बसोबास गर्छन् । यहाँ मनाइने विविध चाडपर्वहरुकाले हाम्रो सांस्कृतिक सम्पन्नदा झल्काउछ दशैं, तिहार, तिज, छठ उधौली, उभौली, क्रिसमस, इद.........जस्ता पर्वहरुले नेपाली समाजलाई अझ नजिक ल्याएको छ । मेरा वाल्यकालका मीठा सम्झनाहरु यसै जन्मभूमिसँग गाँसिएका छन् । यहाँको हरियाली, खेतबारी, वन-जगंल, चिसो पानीका खोला र गाउँले जीवनशैलीले मलाई सधै आकर्षित गर्छ । जहाँ गए पनि मलाई मेरो देशको माटो, भाषा र संस्कृतिप्रति गहिरो माया लाग्छ । हाम्रो देश विकासशील अवस्थाबाट अघि बढ्दै छ । यसलाई समृद्ध बनाउनका लागि हामी सबैको योगदानको आवश्यक छ । म भविष्यमा आफ्नो जन्मभूमिको सेवा गर्ने संकल्प लिन्छु । म शिक्षाद्वारा देशलाई परिवर्तन गर्न चाहन्छु, ताकि मेरो जन्मभूमि अझ शान्त, समुन्नत र आत्मनिर्भर बनोस् । मेरो जन्मस्थान एक सानो गाउँ हो, जहाँ मानिसहरु एकअर्कासँग आत्मीयता र सहयोगको भावनाले भरिएका छन् । हामीले बाल्यकालमा खेलेका खुला आकाशमुनिका ती खेतबारी, काँचो माटो, झरनाहरु आज पनि मेरो स्मृतिमा ताजा छन् । यहाँका सरल जीवनशैली, चाडपर्व, रमाइलो, र गाउँलेहरुको सादगी मेरो हृदयम सधै रहिरहन्छ ।
मेरो जन्मभूमिले मलाइ शिक्षा, संस्कार, र पहिचान दिएको छ । त्यसैले म यो देशको सेवा गर्ने, यसलाई समृद्ध बनाउने र यसको सम्मान बढाउने तथा यसको सम्मान बढाउने प्रण गर्दछु । हामी सबैले मिलेर आफ्नो जन्मभूमिको रक्षा गर्नुपर्छ । यसको प्रकृति, संस्कृति र स्वतन्त्रता जोगाउनु पर्छ । यहाँका मानिसहरु सरल जीवनशैलीमा रमाइरहेका छन् । परिश्रम, आपसी मेलमिलाप, सहयोग तथा संस्कार र विश्वास गर्ने समाजले मलाई संस्कार दिएको छ । म जहाँ गए पनि मेरो गाउँ, मेरो जन्मभूमिको याद सधै रहिरहन्छ ।
हामी सबै नेपालीको कर्तव्य हो आफ्नो जन्मभूमिको सेवा गर्नु । विदेश जाँदा पनि आफ्नो देशको प्रतिष्ठा कायम राख्नु देशलाई आवश्यक परे को बेला योगदान दिनु र भित्रैबाट देशलाई माया गर्नुपर्छ । यिनै कामहरुले साँचो अर्थमा जन्मभूमिप्रतिको प्रेम देखिन्छ ।
मेरो जन्मभूमि नेपाल एक देश मात्र होइन । यो मेरो अस्तित्व हो, मेरो पहिचान र मेरो गर्व पनि हो । यसको माटोमा म फुलेको छु । यहींका आकाश हेरेर सपना देखेको छु । यस जन्मभूमिको सेवा गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो सौभाग्य हो । हामी सबै नेपालीको कर्तव्य हो कि आफ्नो देशलाई माया गर्ने यसलाई समृद्ध बनाउने दिशामा इमान्दारीपूर्वक काम गरौं । देशप्रतिको साँचो प्रेम भनेको राष्ट्रको विकासका लागि योगदान पुर्याउनु हो । जसरी आमा जीवन दिने हुन्, त्यसैगरी जन्मभूमि अस्तिव दिने मातृभूमि हो । त्यसैले आफ्नो जन्मभूमि प्रतिको माया र समर्पण कहिल्यै कम हुनु हुदैन । म गर्वका साथ भन्न सक्छ मेरो जन्मभूमि नेपाल हो । म यसलाई मनैदेखि माया गर्छु । त्यसैले म मेरो देशको जीवनभर सेवा गर्न पाइरहूँ ।
नाम : दिपिका बि.क.
कक्षा: ८