मेरो जन्मभूमि भनेको त्यो पवित्र भूमि हो जहाँ मैले जीवनको पहिलो श्वास फेरे, बोल्न सिके, हाँस्न सिकें र संसार बुझ्न थाले । यो भूमि केवल एउटा भौगोलिक स्थान मात्र होइन । यो मेरो अस्तिवको जरा हो, मेरो पहिचानको मुल धरोहर हो । जन्मभूमि भनेको आमा सरह हो जसले सधै माया दिइरहन्छ । चाहे त्यसको माया बुझौ या नबुझौ ।
नेपाल मेरो जन्मभूमि हो । यो एउटा यस्तो देश हो जसले हिमाल, पहाड, तराई तीनै भुभागलाई अँगालोमा बेरेको छ । यहाँको प्राकृतिक सौन्दर्य शब्दमा वर्णन गर्न गाह्रो पर्छ । उत्तरी भागमा चिसा हिमालहरु छन् जहाँ संसारको सर्वोच्च शिखर सगरमाथा टक्टकाँउछ । मध्य भागमा हरियालीले भरिएका पहाडी गाउँहरु छन् जहाँ जीवन सरल छ तर आत्मा गहिरो छ । अनि दक्षिण तर्फ छ तातो तराई - धानको भकारी, सांस्कृतिक विविधता र माटोको सुगन्धले भरिको भूमि हो ।
मेरो जन्मभुमिको सम्बन्ध कुनै व्यापारिक सम्बन्ध होइन । यो सम्बन्ध प्रेम, माया, सम्मान र कृतज्ञतामा आधारित छ । जब म बिहानको चिसो हावा सुँध्छु, आमाले बनाएको घरको खाना खान्छु तब मलाई मेरो जन्मभूमिको माया अनुभूति हुन्छ । तब मलाई मेरो जन्मभुमिको मायाको अनुभूति हुन्छ ।
यहाँको माटोले मलाई खेल्न सिकाएको थियो, पानीले नुहाउन दिएको थियो र रुखहरुले छायाँ दिई जीवनको पाठ पढाएको थियो । यही जन्मभुमिमा मैले साथी बनाँए हाँसे, रोए, र बिस्तारै जीवनको अर्थ बुझ्दै गए । मेरो जन्मभूमिमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन । उनीहरुबीच मेलमिलाप सदभाव र सहयोगकों भावना छ । हाम्रा चाडपर्वहरू जस्तै: दशै, तिहार, तिज, माघे संक्रान्ति आदिले हामीलाई अझ नजिक बनाउँछ । यस्ता चाडपर्वहरुले हाम्रो जन्मभूमिलाई सांस्कृतिक रूपमा धनी बनाएको छ । यस जन्मभूमिमा पाटन, भक्तपुर, काठमाण्डौका दरबारहरू छन । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनी जस्ता पवित्र तीर्थहरू छन् । यी सबैले हाम्रो गौरवशाली इतिहासलाई सम्झाउँछन् । बुद्धको शान्तिको सन्देश यही जमिएको थियो जुन आज विश्वभर फैलिएको छ ।
जन्मभुमिको माया केवल कुरा गरेर मात्र पूरा हुदैन । त्यसको विकासमा हामीले पनि योगदान दिनुपर्छ । विद्यालयमा राम्ररी पढेर, असल नागरिक भएर, देशको सेवा गरेर हामी जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्न सक्छौ । जन्मभूमि हाम्रो जीवनको मेरुदण्ड हो, जसले हामीलाई हाम्रो अस्तित्व र पहिचान दिन्छ । यस मातृभूमिको माटोमा हाम्रो बाल्यकालको सम्झना बस्छ र यही देशमा हाम्रो भविष्य पलाउँछ । त्यसैले हामील सबैले आफ्नो र जन्मभूमिलाई माया गर्नुपर्छ । यसको रक्षा र विकासका लागि योगदान दिनुपर्छ । देशको सच्चा सन्तान हुनु भनेको देशलाई सम्मान गर्नु यसको संस्कृतिको जगेर्ना गर्नु र यसलाई समृद्ध बनाउने जिम्मेवारी लिनु हो । अन्तत:, जन्मभूमि मात्र ठाउँ होइन यो हाम्रो आत्मा र सपनाको आधार हो ।
प्रीज्मा घर्ती
कक्षा : ८