• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ?

Admin

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ ।

अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् :

काम ज्वरोका लक्षण :

  • आँखा माथि फर्काउने ।
  • हातगोडा सबै कम्पन हुने ।
  • जिउ नै अररो हुने ।
  • मुखबाट फिँज निकाल्ने ।
  • दिसापिसाब छोड्ने ।

यस्तो हुँदा के गर्ने ?

  • बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
  • जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
  • ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

के नगर्ने ?

  • आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
  • बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
  • बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरू केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

भविष्यमा हुन नदिन के गर्ने ?

  • यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
  • त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।
  • घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
  • ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।
  • बच्चालाई गुम्स्याएर नराख्ने ।
  • ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

Share to Facebook