• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

विद्यार्थी जीवनमा अनुशासनको महत्व-निबन्ध

दिलशोभा वि.क, कक्षा-८

विद्यार्थी जीवन उषाकाल एवम् सुनौलो बिहानी हो । विद्यार्थी जीवन भन्नाले विद्या आर्जन गर्ने समय भन्ने बुझिन्छ । यस अवस्थामा मानिसले जीवनलाई ज्ञान आर्जनमा समर्पित गरेको हुन्छ । विद्यार्थी जीवन विद्यार्थी र जीवन दुई शब्द मिलेर बनेको हुन्छ । विद्यार्थी भनेको विद्या आर्जन गर्ने व्यक्ति र जीवन भनेको उसले विद्या प्राप्त गर्न खर्च गरेको समय हो । अहिलेको सन्दर्भमा विद्यार्थी जीवन भन्नाले विद्यालय वा महाविद्यालयमा गई ‌औपचारिक रुपमा शिक्षा आर्जन गर्ने समय वा अवस्था भन्ने बुझिन्छ । विद्यार्थी जीवन कोमल हुन्छ । त्यसैले भनिन्छ-“विद्यार्थी काँचो माटो हो ।” उसलाई जस्तो रुप दिन चाह्यो त्यस्तै बन्छ । तसर्थ विद्यार्थी जीवनमा सुयोग्य र देशभक्त नागरिक तयार गर्न उचित वातावरणको आवश्यकता  पर्छ ।

            विद्यार्थी जीवन मानवीय जीवनमा आधारशील हुन्छ । यो समयलाई जसले बढी सदुपयोग गर्न सक्दछ, त्यसले नै बलियो र सुनौलो भविष्य निर्माण गर्दछ । यस समयलाई बुझिएन र मस्ती गरेर बिताइयो भने पछि गएर ठूलो पश्चताप हुनु बाहेक अरु कुनै विकल्प नै हुँदैन । यो फेरि आउँदैन, त्यसैले यसको महत्व बुझेर अगाडि बढ्नेहरु भविष्यमा खुसी हुन्छन् भने नबुझनेहरु दु:खी । असल र सकारात्मक कुराहरुलाई अङ्गाल्दै दुर्गुण र नकारात्मक कुराहरुलाई त्याग्नु असल विद्यार्थीको पहिचान हो ।

            विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व रहेको छ । अनुशासन र कर्तव्य एक अर्कोमा परिपुरक रहेको छ । यसको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जसरी एउटी विवाहित युवतीले सिन्दुर, पोते गरगहना सहितको श्रृङ्गार जति सुन्दर देखिन्छिन् । यसरी नै विद्यार्थीहरुलाई असल विद्यार्थी बनाउन मलजल थप्ने र श्रृङ्गार थपिदिने काम अनुशासनले गर्दछ । अनुशासनलाई मानव बन्न सिकाउँने तत्वका रुपमा लिइन्छ । अनुशासनविना विद्या प्राप्त गर्न प्राय: असम्भव नै हुन्छ । अनुशासनले विद्यार्थीलाई कर्तव्य पथमा लम्काइरहन्छ । आफ्नो लक्ष्य र जीवनमा गतिशीलताको लागि अनुशासनको पालना गर्नुपर्छ ।

विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व हुन्छ । अनुशासन विद्यार्थीको गहना हो । अनुशासन र कर्तव्य एकअर्कामा परिपुरक हुन्छ । यसको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जसरी एउटी विवाहित युवतीले सिन्दुर, पोते र गर-गहनासहितको श्रङ्गारले जति सुन्दरी देखिन्छिन् । त्यसरी नै विद्यार्थीलाई पनि असल विद्यार्थी बनाउन मलजल थप्ने काम अनुशासनले गर्दछ । अनुशासनलाई मानव बन्न सिकाउने तत्वको रुपमा लिइन्छ । आफ्नो लक्ष्य र जीवनमा गतिशीलताको लागि अनुशासनको महत्व हुन्छ । यसले मान्छेलाई आत्मविश्वास जगाउँछ, प्रेरणा, उत्साह प्रदान गर्छ । कर्तव्य र अनुशासन असल विद्यार्थीको सच्चा गुण हुन् । कर्तव्य भनेको गनतव्य हो र अनुशासन भनेको उच्च आदर, उच्च विचार र उच्च आर्दश हो । अनुशासनविना कक्षा उत्तीर्ण गर्नु भनेको कोरा प्रमाणपत्र लिनु मात्र हो ।

 

Share to Facebook