• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

गाउँपालिकाको सबै पुरस्कार जनप्रेम मा.वि.लाई

Admin

ताराखोला गाउँपालिकाले यही मिति २०८१ भाद्र २९ गते शनिबारका दिन ६० ‍औं बालदिवस विविध कार्यक्रम सहित गाउँपालिकाको कार्यालयमा मनाएको छ । ताराखोला गाउँपालिका अन्तर्गत रहेका ६ वटा मा.वि., आठवटा आ.वि. र १९ वटा प्रा.वि. लाई प्रतियोगितामा समावेश गरेको थियो । मा.वि. तहमा निबन्ध लेखन प्रतियोगिता, आधारभूत तहमा वक्तृत्वकला र प्रा.वि. तहमा चित्रकला प्रतियोगिता सञ्चालन भएको थियो । गाउँपालिकाले सञ्चालन गरेको तीनवटै प्रतियोगितामा जनप्रेम मा.वि. बाट सहभागी विद्यार्थीहरुले दुईवटा प्रतियोगितामा प्रथम र एकवटा प्रतियोगितामा द्धितीय पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

माध्यमिक तहको लागि “विज्ञान र प्रविधि” शीर्षक रहेको निबन्ध लेखन प्रतियोगितामा कक्षा १० का छात्रा एञ्जल श्रीस प्रथम भइन् । आधारभूत तहको लागि “शिक्षा सुधारमा स्थानीय तहको भूमिका” विषयक वक्तृत्वला प्रतियोगितमा कक्षा ८ मा अध्ययनरत छात्रा गोमा वि.क. द्धितीय भइन भने प्रा.वि. तहको राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे र राष्ट्रिय फुल लालीगुराँसको चित्र बनाउने प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत छात्र चिरन छन्त्याल प्रथम भए । तसर्थ: ताराखोला गाउँपालिकाले आयोजना गरेको ३ वटा प्रतियोगितामध्ये दुई प्रतियोगितामा प्रथम र १ वटा प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल भएका छन् । विजयी विद्यार्थीहरुलाई हार्दिक बधाई ।

 

Share to Facebook