• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

समय (कविता)

सर्मिला वि.क, कक्षा : १०, रोल्न : ८

       समयhttps://www.smartschoolsms.net/images/students/thumbnail/Sharmila_6481805c36c9d.jpg

                                                       

आफ्नो या पराई

कोही मान्दैन

रोदन र हाँसोको भाव

यसले बुझ्दैन

यो ठीक त्यो बेठिक

केही भन्दैन

महिनौ बितोस् वा वर्षौ

यसले गन्दैन

(निरन्तर चल्छ मात्र

अरु केही जान्दैन) 2

 

भविष्य राम्रो हुन्छ

कुनै भर हुन्न

विगत राम्रो थियो

यसले फर्काउन्न

हामीसँगै हुन्छ

तर कहिल्यै हाम्रो हुन्न

अनि

जान्दैन कुनै जाल बुन्न

 

हिजोको राम्रो आज खराब

अनि खराब राम्रो बन्छ

हिजोको धनी आज गरीब

अनि गरीब धनी बन्छ

हिजोको बच्चा आज जवान

अनि जवान वृद्ध बन्छ

(मनोरञ्जन दिएकै भएर

मान्छे यसलाई खेल भन्छ)2

 

न दिन त रात

छैन केही भय

निरन्तर आफ्नो गतिमा

चल्छ समय

हेर्दैन कुनै धर्म

गर्दैन भेदभाव जातीय

(आफु सधै जवान

मान्छेलाई बुढो बनाउँछ समय)2

 

Share to Facebook